कतारको जेलमा रहेका ८ जना नेपालीलाई क्षमादान

६ जेठ, काठमाडौं । कतारको जेलमा रहेका ८ जना नेपालीहरुले क्षमादान पाएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न अभियोगमा बन्दी जीवन बिताइरहेका ८ जना नेपालीहरूलाई क्षमादान दिएको कतारस्थिति नेपाली दूतावासले जनाएको छ ।

क्षमादान प्राप्त गर्नेहरुमा ४ जना कुटपिट, २ जना चोरी र २ जना सवारीजन्य कसुरमा सजाय भुक्तान गरिरहेका हुन् । उनीहरु अब नेपाल फर्किन पाउनेछन् ।

Top