मे ३० सम्म कतारमा सबै व्यापारिक क्रियाकलाप बन्द Abroad Corona by Remit Khabar - 19/05/202019/05/20200 काठमाण्डौ – कतारमा आजदेखि मे ३० सम्म सबै पसल र व्यापारिक क्रियाकलापहरु बन्द हुने भएका छन् । त्यहाँको स्थानीय पत्रिका द पेनिन्सुला कतारका अनुसार सोमबार बसेको कतारको मन्त्रीपरिषदको बैठकले खाद्य, क्याटरिङ पसल, औषधि पसल र होम डेलिभरी गर्ने रेस्टुरेन्ट बाहेक सबै व्यापारिक क्रियाकलाप बन्द गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषदले प्रत्येक नागरिकलाई मोबाइलमा एहतराज ( EHTERAZ ) एप इन्स्टल गर्न पनि निर्देशन दिएको छ । कुनै कारणबस घरबाट बाहिर निस्किंदा यस एपले सहयोग गर्ने र यो निर्देशन मे २२ देखि अर्को सूचना जारी नआएसम्म लागू हुने जनाइएको छ । यस्तै मन्त्रीपरिषदको निर्णयअनुसार अब एउटा गाडीमा सवारी चालकसहित दुईजना भन्दा बढी बस्न नपाउने भएका छन् । तर ट्याक्सी वा लिमोजिनमा यात्रा गर्दा वा परिवारका सदस्यले गाडी चलाइ निजी गाडीमा यात्रा गर्दा भने बढीमा तीनजनासम्म यात्रा गर्न मिल्नेछ । यी निर्णको पालना नगरेमा तीन वर्ष जेल सजाय र दुई लाख सम्मको जरिवाना वा दुईमध्ये एक सजाय हुने जनाइएको छ । Remit TVहेर्नु भयो? तपाईं लाई अत्यावश्यक जानकारी हुन सक्छ। आजै Suscribe गर्नुहोस्