श्रम गन्तव्यमा कोरोना संक्रमण बढ्यो

पछिल्लो एक सातामा प्रमुख श्रम गन्तव्यमा कार्यरत थप १ हजार नेपालीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ । विगत एक सातामा साउदी अरेबिया र कतारमा मात्र थप ८४४ नेपालीमा संक्रमण भएको पाईएको छ । नेपालका प्रमुख श्रम गन्तव्य कतार, मलेसिया, साउदी अरब, यूएई, बहराइन, पोर्चुगल र कुवेतमा कार्यरत अन्य १ हजार नेपाली श्रमिकमा संक्रमण देखिएको छ । यी श्रम गन्तव्यमामात्र हाल १५ लाखभन्दा बढी नेपाली कार्यरत रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सार्वजनिक गरेका रिपोर्टमा उल्लेख छ । एक साताभित्र कतारमा २००, बहराइनमा ६६, यूएईमा ५१, कुवेतमा ४, साउदी अरबमा ६४४, पोर्चुगलमा ३ र माल्दिभ्समा ८ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Top