मस्तिष्कघातका कारण जापानमा एक नेपालीको निधन

टोकियो – जापानको साइतामा प्रिफेक्चरमा बसोबास गर्दै आएका एक नेपाली युवाको मस्तिष्कघातका कारण निधन भएको छ ।
नेपाल घर पर्स्र्याङ, पोखरा भई साइतामाको सिकीमा बस्दै आएका ३४ बर्षिय सुविन सुवेदीको मंगलबार निधन भएको हो ।
उनी मंगलबार विहान सुतेकै अवस्थामा मृत भेटिएका थिए ।
बिगत ४ बर्षदेखि कुक भिसामा कार्यरत उनी श्रीमतीसहित जापानमा बसोबास गर्दै आइरहेका थिए ।
मंगलबार साँझ प्रहरीले दिएको पोष्टमार्टम रिपोर्टमा उनको मृत्यु मस्तिष्कघातका कारण भएको बताइएको छ ।

कास्की पोखरा समाज जापानका प्रतिनिधीहरुले दिएको जानकारी अनुसार मृतकका परिवारसंगको सल्लाह अनुसार नै दाहसंस्कार जापानमा नै गरिने भएको छ ।
मृतककी श्रीमती सहित ४ बर्षकी छोरी छन् । ***

Top