साउदीमा कार्यरत नेपालीलाई स्वास्थ समस्या देखिए फोनबाटै डाक्टरसँग परामर्श गर्न सकिने

काठमाडौं । साउदी अरबमा रहेका नेपालीहरुलाई स्वास्थमा समस्या देखिए उपचारको लागि सम्पर्क गर्नको लागि रियादस्थित नेपाली दूतावासले सम्पर्क व्यक्ति तोकेको छ ।

रुघाखोकी, ज्वरो वा स्वास्थ्यसम्बन्धी थप चिकित्सा परामर्श सेवा लिनको लागि हायल विश्वविद्यालयमा अध्यापनरत डा. मुख्तर अन्सारी र अनिरूद्र पाठकलाई सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।
डा. अनिरूद्र पाठक जनरल फिजिसियन हुन । उनी ढाका मेडिकल सेन्टर बथा, रियादमा कार्यरत छन् । पाठकलाई उनको टेलिफोन नम्बर : ०५४६३५६०२३ मा फोन गरेर वा उक्त नम्बरमा इमो अथवा ह्‍वाटस एपमार्फत आफ्नो समस्या लेखेर पठाउन सकिने दूतावासले जनाएको छ ।

उनलाई बिहान ११ बजेदेखि ३ बजेसम्म फोन सम्पर्क गर्न सकिन्छ ।

डा. मुख्तर अन्सारी हायल विश्वविद्यालय, हायलमा कार्यरत छन् । उनलाई टेलिफोन नम्बर- ०५५४८३६०३७ मा टेलिफोन गरेर वा इमो अथवा ह्वाट्सएपमार्फत आफ्नो समस्या लेखेर पठाउन पनि सकिनेछ । उनीसँग भने स्थानिय समय अनुसार दिनको २ बजेदेखि राती ११ बजेसम्म सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

Top