आगामी दश वर्षमा आधा कर्मचारीले घरबाटै काम गर्ने फेसबुकका सिइओको अनुमान Abroad Rojgar by Remit Khabar - 22/05/202023/05/20200 फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी मार्क जुकरवर्गले आगामी दश वर्षभित्र फेसबुकका आधा कर्मचारीले घरबाटै काम गर्नसक्ने अनुमान गरेका छन्। संसारकै ठूलो समाजिक सञ्जाल फेसबुकका कार्यकारीले यो लक्ष्य नभइ अनुमानमात्र भएको बताएका छन्। कोरोना महामारीको समयमा घरबाटै काम गर्ने वातावरण बनाइरहेको र यसबाट उत्पादकत्व पनि आइरहेकाले आगामी दिनमा यस्तो प्रवृत्ति बढ्नसक्ने उनले बताएका छन्। यसअघि ट्विटरले महामारीपछि पनि केही कर्मचारीलाई घरबाटै काम गर्नपाउने सुविधा निरन्तर गर्ने घोषणा गरेको थियो।