सार्क राष्ट्रमा कोरोनासँगको लडाईं : ३६ प्रतिशतले जिते, साढे २ प्रतिशतले हारे

काठमाडौं- दक्षिण एसियाली राष्ट्रहरुमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २१ हजार ६ सय ९ पुगेको छ। संक्रमितमध्ये ७८ हजार ९ सय ८९ उपचारपछि घर फर्किएका छन्।

यसैगरी ५ हजार ४ सय ७० जना संक्रमितले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेको संख्या कूल संक्रमितमध्ये २ दशमलव ४७ प्रतिशत छ। यसैगरी कूल संक्रमितमध्ये ३५ दशमलव ६४ प्रतिशत उपचारपछि घर फर्किसकेका छन्।

सार्क राष्ट्रमा सबैभन्दा बढी ज्यान गुमाउनेमा भारत छ। भारतमा मात्रै ३ हजार ८ सय ६९ ले ज्यान गुमाइसकेका छन्। भारतमा संक्रमितको संख्या भने १ लाख ३१ हजार ९ सय २० रहेको छ।

नेपालमा ५ सय ८४ जना संक्रमितमध्ये ३ जनाले ज्यान गुमाएका छन् भने ७० जना उपचारपछि घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आधिकारिक वेब पेजमा उल्लेख छ।

यसैगरी पाकिस्तानमा १ हजार १ सय ३३ जना, बंगलादेशमा ४ सय ५२, भुटानमा शून्य, माल्दिभ्समा ४ र श्रीलंकामा ९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

Top