अब हङकङबाट पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरको बिप्रेषण सेवा सुरु, पहिलो हप्ता भरी निशुल्क रकम पठाउन सकिने

हङकङको ख्याती प्राप्त KME Remittance लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्स्फर बिच रेमिट्यान्स कारोबार सुरु भएको छ।
हङकङमा रहनुभएका नेपालीहरुले KME Remittance को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नुहुने छ,
नेपालमा सिटी एक्सप्रेस सँग आबद्द ७५०० भन्दा बढी एजेन्ट हरु बाट सजिलै भुक्तानी लिन सकिने, नेपाल का जुनसुकै बैंकको खातामा रकम जम्मा गर्नुका साथै मोबाईल वालेट लोड गर्न सकिने छ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसका तर्फबाट चन्द्र टन्डन र KME Remittance का तर्फ बाट कबिता गुरुङ ले हस्ताक्षर गर्नुभएको छ।

आज एक औपचारिक समारोहका बिच हङकङ बाट नेपाल पठाउने पहिलो बिप्रेषण कारोबार नेपालको लागि हङकङ का महाबाणिज्य दुत श्री कमल प्रसाद भट्टराई ज्यु द्वारा उद्घाटन गरी रेमिट्यान्स कारोबार सुरु गरिएको छ। साथै नेपाल बिप्रेषण पठाउदा १ हप्ताको लागि निशुल्क पठाउने ब्यबस्था गरिएको छ र यो ब्यबस्था ३१ मे २०२० सम्म लागु हुने छ।

सिटी एक्सप्रेस ले रेमिटान्स क्षेत्रमा छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखी बिश्व भरि बाट रेमिटान्स भित्राउदै आफ्नो ७५०० भन्दा बढी नेपाल को एजेन्ट हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ

Top