विदेशमा रहेका नेपालीलाई सरकारले चाँडै उद्दार गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं- सोमबार राष्ट्रका नाममा संबोधन गर्दै उनले स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताएका हुन ।

‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्छ । समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ’ उनले भने ।

छिमेकी मित्र राष्ट्र भारतबाट घर फर्किनेहरु विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार सीमा पार गर्नुअघि अनिवार्य परीक्षण गर्नुपर्नेमा त्यसो नभएका कारण समुदायस्तरमा महामारी फैलिने खतार समेत बढेको सम्बोधनका क्रममा प्रधानमन्त्रीले बताए ।

उलने समुदायस्तरमा कोरोना थप विस्तार हुन नदिन सरकारले उचित कदम चाल्ने समेत प्रधानमन्त्रीको भनाइ छ।

Top