उद्योगी व्यवसायीलाई कर छुट, ब्याज मिनाहदेखि सस्तोमै ऋण दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई कर छुटदेखि सस्तोमै ऋण दिने घोषणा गरेका छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन । औद्योगिक व्यवसायीक क्षेत्रमा सरकारले कर सहुलियत, शुल्क मिनाहा, सहुलियत ऋणको व्यवस्था, विद्युतको क्षेत्रमा छुट दिने घोषणा प्रधानमन्त्री ओलीले गरेका छन् ।

‘कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक/व्यावसायिक क्षेत्रका लागि राहत सुविधाको व्यवस्था सरकारले गर्नेछ । यस्ता सुविधामा कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युत लगायतका क्षेत्रमा दिइने छुटहरु पर्नेछन् । निजी क्षेत्र सबल नहुँदा अर्थतन्त्र सबल हुन सक्दैन भन्ने यथार्थलाई सरकारले राम्रोसँग बुझेको छ । शिथिल बन्न पुगेको अर्थव्यवस्थालाई दुरुस्त गर्न आवश्यक आर्थिक पुनरुत्थानसम्बन्धी विस्तृत प्रस्ताव अर्थ मन्त्रालयले छुट्टै जारी गर्नेछ ।’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीले अब आवश्यक उद्योग संचालन हुने र राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन राख्ने बताए । यो अवधिमा पनि धरहरा, रानीपोखरी, माथिल्लो तामाकोशी लगायतको काम भइरहेको बताए । यसले लकडाउनको अवधिमा पनि विकास निर्माणको काम गर्न सकिने उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले जुन जुन जिल्लाका श्रमिक रहेका छन उनीहरुलाई समुदायमा नमिसिने गरेर कोरोना परिक्षण गरेर उद्योग व्यवसाय सञ्चालन हुने क्षेत्रमा ल्याउने बताए ।

ओलीले सम्बन्धित उद्यमीले आफ्नो उद्योगमा काम गर्ने उद्योगीले तोकेको मापदण्ड पुरा गरे वा नगरेको आफै मूल्याङकन गर्ने पनि बताए ।

आवश्यक भौतिक पूर्वाधारको आयात निर्यातमा ल्याउन छुट दिने भन्दै प्रधानमन्त्रीले श्रम गर्नेलाई राहत दिने र श्रम गर्न सक्नेलाई रोजगारी दिने सरकारको नीति भएको जानकारी दिए ।

विदेशमा रोजगारी गुमेर धेरै नेपाली नेपालमा फर्केको र मुलुकमा रहेका रोजगारी अवसर विदेशबाट फर्किएका र नेपालमा भएकालाई व्यवस्था गर्ने प्रधानमन्त्रीको घोषणा छ ।

यसको लागि तालिमको व्यवस्था गर्ने र अब नेपाल आत्मनिर्भर तर्फ लाग्ने पनि बताए ।

Top