बेलायतमा लक डाउन क्रमशः खुकुलो बन्दै

काठमाडौं : बेलायतले लक डाउन क्रमशः खुकुलो बनाउने योजना अघि सारेको छ । सरकारले लक डाउन खुकुलो बनाउने र यस अवधिमा पालना गर्नुपर्ने नियमहरुका बारेमा निर्देशन जारी गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले दैनिक जनजीवन सहज बनाउन लक डाउन खुकुलो बनाउँदै जानुपर्ने उल्लेख गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्रीले जोनसोनले पसल, बजार तथा कार शोरुमहरु १ जुनदेखि खोल्न सकिने बताएका छन् । यसैगरी विद्यालयहरु पनि खुला गरिनेछ । सरसफाइमा विशेष ध्यान दिनुपर्नेछ । व्यक्तिहरुबीचको दूरी पनि कायम गर्नुपर्नेछ । गत आइतबार प्रधानमन्त्री जोन्सले देश अब कोरोना महामारीसँग जुध्न दोस्रो चरणको सुरुवातका लागि तयार रहेको बताएका थिए । एजेन्सी

Top