काेराेना सङ्क्रमणकाे ‘अर्काे झट्का’काे लागि तयार रहाैँ : विश्व स्वास्थ्य सङ्गठन

काठमाण्डाै – काेराेना सङ्क्रमणकाे बढ्दाे महामारीलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) का वरिष्ठ अधिकारी डाक्टर डेभिड नबाराेले भने, ‘हामी काेराेना भाइरस सङ्क्रमणकाे अर्काे झट्काकाे लागि तयार रहनुपर्छ । लकडाउन खुकुलाे हुँदै जाँदा काेराेना सङ्क्रमण बढ्दै झन् तीव्र गतिमा बढ्दै जान सक्छ, जसकाे लागि हामी तयार रहनुपर्छ ।
ल्याटिन अमेरिकी देश ब्राजिलमा एकैदिन २६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य सङ्गठनले सजग गराएकाे हाे ।

जाेन्स हप्किन्स विश्वविद्यालयकाे अनुसार विश्वभर झण्डै ६० लाख जाना काेराेना भाइरसबाट सङ्क्रमित भइसकेका छन् भने तीन लाख ५९ हजार जनाकाे ज्यान गएकाे छ ।

कहाँ के भइरहेकाे छ ?
ब्राजिललाई ल्याटिन अमेरिकामा काेराेना भाइरस सङ्क्रमणकाे सबैभन्दा ठूलाे केन्द्र भएकाे बताइएकाे छ । ब्राजिलमा पछिल्लाे २४ घण्टामा २६ हजार चार सयभन्दा धेरैमा सङ्क्रमण देखिएकाे छ ।

रुसमा पछिल्लाे २४ घण्टामा काेभिड–१९ काे कारण दुई सय ३२ जनाकाे ज्यान गएकाे छ । रुसमा एकदिन मृत्यु हुनेकाे याे सङ्ख्या अहिलेसम्मकै धेरै हाे । याेबाहेक पछिल्लाे २४ घण्टामा आठ हजार पाँच सय ७२ जनामा सङ्क्रमण देखिएकाे छ । रुसमा काेभिड–१९ काे कारण अहिलेसम्म चार हजार तीन सय ७४ जनाकाे ज्यान गएकाे छ ।

अस्ट्रियाले आफ्ना नागरिकलाई एक सय जनासम्मले पार्टी गर्न पाउने र हाेटल खाेल्न अनुमति दिएकाे छ । अस्ट्रियाले अहिलेसम्म सङ्क्रमण नियन्त्रण राख्न सफल भएकाे छ, अहिलेसम्म काेभिड–१९ काे कारण ६ सय ४५ जनाकाे ज्यान गएकाे छ ।

लेबनान सरकारले यदि काेही व्यक्ति विना मास्क भेटिए सुरक्षा बलले कारबाही गर्न सक्ने बताएकाे छ । यदि काेही व्यक्ति विना मास्क कुनै सार्वजनिक बसमा यात्रा गरेकाे पाइएमा उसले १६ अमेरिकी डलर जरिबाना तिर्नुपर्ने हुन्छ ।

क्राेएशिया सरकारले १० युराेपेली देशकाे लागि आफ्नाे सीमा खाेल्ने निर्णय लिएकाे छ । पर्यटन क्षेत्रलाई बल दिनकाे लागि क्राेएशिया सरकारले यस्ताे निर्णय लिएकाे बताइएकाे छ । अब अस्ट्रिया, जर्मनी, चेक रिपब्लिकसहित १० देशका नागरिक क्राेएशिया जान सक्छन् ।

अमेरिकामा अहिलेसम्म ४० मिलियन अर्थात् चार कराेड बढीले बेराेजगारलाई मिल्ने फाइदाकाे लागि आवेदन दिइसकेका छन्, जसमध्ये २० लाख बढीले पछिल्लाे दुई हप्तामा आवेदन दिएका हुन् ।

दक्षिण काेरियामा नयाँ सङ्क्रमण देखिएपछि सयभन्दा धेरै विद्यालय फेरि बन्द गर्ने निर्णय लिइएकाे छ । गएकाे २४ घण्टामा दक्षिण काेरियामा काेभिड–१९ काे ५६ नयाँ मामिला देखिएकाे छ । धेरैजसाे सङ्क्रमण राजधानी साेलमा पाइएकाे छ ।

झण्डै दुई महिनापछि दक्षिण काेरियामा एकैदिन यति धैरै सङ्क्रमण देखिएकाे हाे । दक्षिण काेरियाकाे स्वास्थ्य अधिकारीहरुले काेराेना भाइरस महामारीकाे यात्रामा याे एउटा नयाँ समस्या भएकाे बताएका छन् ।

Top