कोरोना संक्रिमत बढ्न थालेपछि दक्षिण कोरियाका विद्यालय फेरि बन्द

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या बढ्दै गएपछि दक्षिण कोरियाका विद्यालयहरू पुन: बन्द गरिएको छ ।
पाँच सयभन्दा बढी विद्यालयहरूमा पठनपाठन सुरू भएको केही दिनमै विद्यालयहरू बन्द गरिएको हो ।

भाइरसको संक्रमण नियन्त्रणमा आएको भन्दै कोरियाले बुधबारदेखि विद्यालयमा पठनपाठन सुचारु गरेको थियो । तर बिहीबार ७९ जना संक्रमित थपिएपछि सरकारले विद्यालयमा पठनपाठन बन्द गरेको हो ।

उक्त संख्या एकै दिन संक्रमित भएका दुई महिनायताकै बढी भएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् ।

दक्षिण कोरियामा शुक्रबार पनि ३९ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ११ हजार ४४१ पुगेको छ ।

Top