ललितपुरमा एकसहित थप १८९ जनामा कोरोना संक्रमण, १४०१ पुगे संक्रमित : स्वास्थ्य प्रवक्ता

काठमाडौं- शनिबार थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार देशका विभिन्न स्थानमा प्रयोगशालामा गरिएको परीक्षणमा थप १८९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो। यी मध्ये ललितपुरका एक जनासमेत छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये धनुषाका ७ जना, झापाका एक जना कपिलवस्तुका ७७ जना, ललितपुर १ जना महिला महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका ६ जना र सिराहा ११ जना छन्।

यसैगरी रुपन्देहीका २६ र कपिलवस्तुका २९ जनामा पनि कोरोना संक्रमण देखिएको छ। यस्तै धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जना छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू कपिलवस्तुका ३ जना छन् भने दाङका ५ जना छन्।

Top