जेठ महिनाभरि लकडाउन कायम राख्ने निर्णय, विमानस्थल असार १६ सम्म बन्द News by Remit Khabar - 30/05/20200 काठमाडौं । सरकारले सातौपल्ट लकडाउनको अवधि थपेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ महिनाभरि कायम राख्ने निर्णय गरेको छ । चैत ११ गतेबाट देशव्यापी रूपमा सुरु भएको लकडाउनको पछिल्लो पटक कायम गरेको अवधि जेठ मङ्गलबार सकिँदै थियो । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले हवाइ उडान र सीमान नाका असार १६ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ । यद्यपि भारतबाट स्थलमार्ग भएर स्वदेश फर्कन चाहने नागरिकलाई भने झापादेखि कञ्चनपुरसम्म २० वटा नाका तय गरेको छ । सरकारले तोकेको नाका बाहेक अन्यत्रबाट आवागमन हुन नदिने जानकारी स्रोतले दिएको छ।