भारतमा लकडाउन खुकुलो : धार्मिकस्थल, होटल, सैलुन, रेस्टुरेन्ट खोल्ने अनुमति

काठमाडौं, १८ जेठ । लकडाउनमा समेत मानिसको आवतजावत नियन्त्रण नभएका कारण कोरोना संक्रमण व्यापक बनेको चर्चा चलिरहेका बेला भारतले लकडाउनलाई खुकुलो बनाउने भएको छ ।
भारत सरकारले शनिबार एक महिनाका लागि लकडाउन लम्ब्याउने निर्णय गर्दै थप खुकुलो पारेको छ ।

भारतमा चौथो पटक थपिएको लकडाउनको समय आइतबार ३१ मेमा सकिँदैछ । गृह मन्त्रालयले सोमबार जुन १ देखि जुन ३० सम्म लागू हुनेगरी पाँचौं पटक लकडाउनको समय थपेको छ ।
भारतको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लकडाउन लम्ब्याउनुका साथै विभिन्न छुटसहित खुकुलो पारिएको बारे जानकारी दिइएको छ ।

पाँचौं पटकको लकडाउनको निर्देशिकामा तीन चरण निर्धारण गरिएको छ । पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थल, होटल, सैलून, रेस्टुरेन्ट खोल्ने अनुमति निश्चित सर्तसहित दिइनेछ ।
तेस्रो चरणमा रातको समयमा लगाइएको कर्फ्यूको समय घटाइएको छ ।
यस चरणमा अन्तर्राष्ट्रिय उड़ान, मेट्रो रेलको सञ्चालन, सिनेमा हल, जिम, स्वीमिङ पुल, थिएटर, बार र सभा हल सुरक्षा सतर्कताका साथ खोल्न निर्णय पनि केन्द्र सरकारले लिन सक्ने भारतीय मिडियाले आंकलन गरेका छन् ।

Top