सेयर बजार अब के हुन्छ ?

लक डाउनको अवधि बढेसँगै सेयर कारोबार बन्द हुने भएको छ । यसअघि नै नेपाल धितोपत्र बोर्डले लक डाउन अवधिभर सेयर कारोबार बन्द गर्न निर्देशन दिइसकेको छ । फलस्वरुपः थपिएको लक डाउन अवधि (जेठ ३२ गते) सम्म सेयर बजार पनि बन्द नै राख्ने तयारी भइरहेको छ ।

तथापि, औपचारिक निर्णय भने भइनसकेको नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपाली पैसालाई जानकारी दिए । लक डाउन अवधिभर लगानीकर्ताको स्वास्थ्यलाई समेत ध्यानमा राखेर कारोबार खोल्न उपयुक्त नहुने उनले बताए । तर बजार बन्द गर्ने बारेमा औपचारिक निर्णय भने भइनसेकेको उनले जानकारी दिए । ‘अब हामी सञ्चालक समिति बैठक बसेर यसबारेमा निर्णय गर्छौ’ उनले भने ।

यसअघि लक डाउनकै बीचमा पनि २ दिन बजार खुला गरिएको थियो । तर ती दिनहरुमा सेयर कारोबार प्रभावकारी हुन सकेन । आम लगानीकर्ताको सहभागिता पनि भएन । त्यसले केबल सूचक घटाउने काम मात्र गरेको भन्दै आम लगानीकर्ताले व्यापक विरोध जनाएपछि पुनः लक डाउन अवधिभर बजार बन्द गरिएको थियो । उक्त निर्णयअनुसार जेठ २० गतेसम्म सेयर कारोबार बन्द छ ।

Top