नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुग्यो

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष र बाजुराकी २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएसँगै ज्यान गुमाउनेको संख्या ८ पुगेको हो ।
दैलेखका पुरुषको शनिबार मृत्यु भएको थियो । त्यसैगरी बाजुराकी २ वर्षीय बालिकाको पनि कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
उनको पीसीआर टेस्ट पनि पोजेटेभि आएको प्रवक्ता देवकोटाले जानकारी दिए । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध र ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष र अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष गरी ६ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

Top