६९ नेपालीसहित २३२ जनालाई लिएर उड्यो कोरियन एयरलाइन्सको जहाज News by Remit Khabar - 01/06/20200 काठमाडौं– ६९ जना नेपालीसहित २३२ यात्रु लिएर कोरियन एयरलाइन्सको विमान कोरिया प्रस्थान गरेको छ । विमानमा कोरियाको पीआर भएका तथा काम गर्ने अनुमति पाएका कामदारसहित ६९ नेपाली यात्रु सवार थिए । विमान आजै बिहान आएर बिहान ११ बजे कोरिया प्रस्थान गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । यसैबीच आजै नेपाल एयरलाइन्सका तीन विमानले हङकङको उडान भर्ने भएका छन् । राति आठ, साढे आठ र नौं बजे नेपाल एयरलाइन्सका तीन जहाजले हङकङ उडान भर्ने पनि प्रवक्ता क्षेत्रीले जानकारी दिए । उनका अनुसार हङकङमा बसोबास गर्ने नेपाली र नेपालमा रहेका हङकङबासीलाई तीन उडानमार्फत लगिने छ । दुई एयरवस ३२० र एक एयरवस ३३० हङकङ जानेछन् ।