यूएईमा समस्यामा परेका नेपालीलाई सेञ्चुरी बैंक र आईएमईको सहयोग

सेञ्चुरी रेमिटले आइतबार आबुधाबीको राहत वितरण टोलीलाई तीन सय किलो चामल र ५४ लिटर तेल लगायत खाद्यान्न सामाग्री सहयोग गरेको छ । सेञ्चुरी रेमिटले एनआरएनएको राहत वितरण टोलीलाई आबुधावीमा खाध्य सामग्री प्रदान गर्ने सेञ्चुरी बैंकका यूएई प्रमुख प्रकाश पौडेलले बताउनु भयो ।

यस्तै आईएमई रेमिटले राहत वितरणमा खटिरहेका नेपाली संस्थामार्फत सहयोग हस्तान्तरण गरेको छ । आईएमईले एनआरएनए, नेपाली समाज र आबुधाबीमा रहेको राहत वितरण टोलीलाई गरी ५ हजार दिर्हाम (१ लाख ६० हजार रुपैयाँ भन्दा बढी) को सहयोग उपलब्ध गराएको यूएईका आईएमई प्रमुख उत्तम बस्नेतले उज्यालोलाई जानकारी दिनुभयो ।

दुबईमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष पासाङ शेर्पा तथा नेपाली समाजका प्रतिनिधिलाई आइतबार सहयोग अन्तर्गतको खाद्यान्न सामाग्री उपलब्ध गराइएको थियो । यस्तै आबुधाबीमा सोमबार सहयोग हस्तान्तरण गरिएको थियो ।

आबुधाबीमा राहत वितरण टोलीका तर्फबाट कृष्ण गौतम, दुर्योधन कार्की, महेश श्रेष्ठ लगायतका प्रतिनिधिले उपलब्ध सहयोग सामग्री बुझ्नुभएको हो । प्राप्त सामाग्री राहत वितरण टोलीले खानाको समस्यामा परेका नेपालीलाई प्रदान गर्नेछ ।

Top