कोरोना भाइरसका दोस्रो घातक छाल आगामी शरदमा हुने डब्ल्युएचओका विज्ञको चेतावनी

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका एक शीर्ष विशेषज्ञले कोरोना भाइरसको दोस्रो घातक छाल आगामी शरदमा हुने चेतावनी दिएका छन् ।
डब्ल्यूएचओ युरोपेली क्षेत्रका निर्देशक डा। हंस क्लुगेले कोरोना भाइरसको संक्रमणको घटना निरन्तर घटिरहे पनि यो महामारीको अन्त्य हुन नस्कने बताएका छन् ।
क्लुगेले बिभिन्न देशहरुमा कोरोना संक्रमणको वृद्धिसंग लड्न दरो रणनीति हुनुपर्ने साथै यसका लागि समयमा नै बुद्धिमानीपूर्वक स्वास्थ्य सेवाहरुको प्रयोग गर्नुपर्ने जनाएको छ । उनलाई डर छ कि दोस्रो छाल यस बर्षपछि अन्य संक्रामक रोगहरूको प्रकोपसँग मिल्न सक्छ ।

डा. क्लुले टेलिग्राफलाई भने, “म दोहोरो छालको बारेमा धेरै चिन्तित छु , शरद ऋतुमा हामीसँग कोरोनाको दोस्रो छाल र अर्को मौसमी फ्लू वा दादुरा पनि हुन सक्छ ।”
अन्य विज्ञहरूले महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ भनेर इतिहासले नै प्रमाणित गरेको भन्दै चेतावनी दिएका छन् । पहिलो पटक मार्च १९१८ मा देखिएको स्पेनिस फ्लूको महामारीपछि शरद ऋतुमा झन तीव्र गतिमा फैलिएको थियो र विश्वमा अनुमानित ५० मिलियन मानिसहरु मारिएका थिए ।
यो पनि पुष्टि भएको छ कि पहिलो विश्वयुद्धको समयमा सेनाको आवागमनले रोगलाई छिटो फैलाएको थियो र तेस्रो र चौथो छालसमेत जगायो, यद्यपि पछिल्ला ती छालहरु भने घातक थिएनन । डा. कलुगेले भने, “ इतिहासलाई फर्केर हेर्दा महामारीमा चाँडो सुरु नहुने देशहरूलाई दोस्रो छालमा आफ्नो प्रभावमा लपेटन सक्छ ।
सहज लकडाउनले अहिले बेलायतमा भाइरसको प्रभावलाई कम गर्दै आएको छ । त्यहाँ विद्यालयहरु पनि खुल्न थालेको छ । छ भन्दा बढी व्यक्तिको समूहमा पार्क र निजी बगैंचामा भेट्न सक्ने भएका छन् । त्यस्तै बाहिरका बजार र कार शोरूमहरू फेरि खुलेको छ। : एजेन्सी

Top