उपत्यकामा जारी भएका सवारी पास ‘लकडाउन’ अवधिभर मान्य हुने Technology by Remit Khabar - 02/06/202002/06/20200 काठमाण्डौ – उपत्यकामा जारी भएका सवारी पास लकडाउन अवधिभर मान्य हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचना निकालेर जेठ २ गतेदेखि १९ गतेसम्म जारी भएका पास काठमाण्डौ उपत्यकाभित्र लकडाउन अवधिभर लागू हुने जनाएको हो । सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाका नीलो सवारी पासलाई मान्यता दिने भएकाेले नवीकरण गर्नु नपर्ने सूचनामा उल्लेख छ । पासकाे लागि कार्यालयमा भिडभाड बढ्न गइ सङ्क्रमण हुन सक्ने भन्दै बुधबारदेखि निवेदन र प्रमाण पुग्ने कागजात कार्यालयको इमेल र फेसबुक पेजमा पठाउन र पास तयार भएको जानकारीपछि कार्यालयमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ । सरकारले पछिल्लाे पटक जेठ ३२ गतेसम्म लकडाउनकाे अवधि बढाएको छ ।