सुर्खेतमा भोलिदेखि बजार खुल्ने: उद्योग वाणिज्य संघले भन्यो, ‘लकडाउनलाई अब थेग्न सक्दैनौँ’

काठमाडौं: सुर्खेत उद्योग वाणिज्य संघले भोलिदेखि सबै खालका पसल खोल्ने निर्णय गरेको छ।
सरकारले दुई महिनासम्म लकडाउन गरेको भए पनि उद्योगीका लागि राहतको कार्यक्रम नल्याएको भन्दै अब व्यबसाय बन्द गर्न नसक्ने संघले बताएको छ।
मंगलवार विज्ञप्ति जारी गर्दै विहान १० देखि ३ बजेसम्म सबै खालका पसल खोल्ने संघले जनाएको छ।

‘दुई महिनाभन्दा लामो बन्दाबन्दीका कारण धरासायी हुने अवस्थामा पुगेको निजी क्षेत्रलाई राहत दिन सरकारले बजेटमार्फत सहुलियत प्याकेजको घोषणा गर्छ कि भन्ने निजी क्षेत्रको अपेक्षालाई सरकारले पूर्ण रुपमा उपेक्षा गरिदिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
आफ्नो धैर्यतालाई सरकारले कमोजोरी ठानेकाले ब्यापार ब्यवसाय खोल्न बाध्य भएको संघले जनाएको छ।
दुई महिनासम्म धैर्य गरे पनि सरकारले प्रभावकारी कदम नचालेकोले व्यवसाय खोल्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ।
‘हालसम्मको हाम्रो सहनशीलता र धैर्यतालाई हाम्रो कमजोरी ठानेर सरकारले पटके रुपमा बन्दाबन्दी लम्ब्याउने बाहेक अन्य कुनै प्रभावकारी प्रयास नगरेको अवस्थामा विकल्पविहीन बनाइएको बन्दाबन्दीलाई थप समय थेग्न सक्ने अवस्था र संयमता अब निजी क्षेत्रमा छैन,’ विज्ञप्तिमा भनिएको छ।

स्वास्थ्य सुरक्षासम्बन्धीसम्पूर्ण सुरक्षा सावधानी र मापदण्डलाई कडाईका साथ पालना गर्ने गराउने गरी भोलिदेखि नै सम्पूर्ण पसलहरु सञ्चालनमा ल्याउने बाध्यात्मक निष्कर्षमा पुगेको संघको भनाई छ।

Top