नेपालमा थप १२ जनाले जिते कोरोना, ३३४ जनामा एकैदिन संक्रमण Corona News by Remit Khabar - 04/06/20200 काठमाडौं । नेपालमा थप १२ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगे नेपालमा कोरोना संक्मण जित्नेको संख्या २ सय ९० पुगेको छ । नारायणी अस्पतालबाट ५ जनाले कोरोना जितेर घर फर्केका छन् । उनीहरु कोरोना संक्रमण देखिएको ९ दिनमा डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए । उनीहरु २५ देखि ७० वर्षिय पुरुष रहेको उनले बताए । त्यस्तै, कलैया अस्पताल बाराबाट ७ जना डिस्चार्ज भएका छन् । उनीहरु कोरोना संक्रमण देखिएको १० देखि १७ दिनमा डिस्चार्ज भएका हुन् । उनीहरु २८ देखि ४९ वर्षिय पुरुष रहेको प्रवक्ता देवकोटाले बताए नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु नेपालमा कोरोना भाइरसको कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरुष रहेको खुलेको छ । उनी ५ दिन अघि मात्र भारतबाट नेपाल आएका थिए । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा ३ दिन अघि मृत्यु भएको थियो । स्वास्थ्यमा समस्या आएपछि उनलाई तानसेनस्थित अस्पतालमा भर्ना गरिएको थियो । मृत्युपछि उनको स्वाब भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ । आज एकैपटक थपिए ३३४ कोरोना संक्रमित, नेपालमा कुल संक्रमितको संख्या २ हजार ६३४ पुग्यो नेपालमा आज (बिहीवार) एकैपटक ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक ३३४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । उनका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । यसैबीच नेपालमा हिजो (बुधवार) एकैपटक २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा अहिले सम्म कोरोना संक्रमणको कारण १० जनाको मृत्यु भएको छ भने कुल संक्रमित मध्ये २९० जना स्वास्थ्योपचार पछि निको भएका छन् ।