नेपालमा १५ हजार जनामा कोरोना संक्रमण हुन सक्छ, विदेशबाट आउने क्रमले अझ बढ्न सक्छः विज्ञ

नेपालमा कम्तीमा १५ हजार जनालाई कोरोना संक्रमण हुन सक्ने अनुमान स्वास्थ्य क्षेत्रका एक सरकारी अधिकारीले गरेका छन्।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार पुग्न सक्ने आकलनाका साथ तयारी भइरहेको जानकारी दिएका हुन्।
‘हामीले अहिलेसम्मको अवस्था हेर्दा १५ हजार जनालाई संक्रमण हुन सक्ने अनुमान गरेका छौं,’ डा. पाण्डेले भने, ‘त्यहीअनुसार सरकारले तयारी गरेको छ।’
संक्रमण बाहिरी मुुलुकबाटै भित्रिरहेकाले अहिले विदेशबाट नेपाली फर्काउने क्रम सुरु भएकाले अझ संक्रमणको सम्भावना बढेर जाने उनको भनाइ छ।

Top