यस्तो छ साउदीको पछिल्लो कोरोना अपडेट

काठमाडौं । खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण ६ सय ७६ जना मानिसको ज्यान गइसकेको छ । भने ९८ हजार ८ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा मात्रै साउदी अरबमा ३४ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै ३ हजार ९ सय २१ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा ७१ हजार ७ सय ९१ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने १ हजार ४ सय ४८ जनाको अवस्था गम्भिर रहेको छ ।
यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख ९९ हजार ८ सय ९८ जना मानिसको मृत्यु भइसकेको छ । भने ६९ लाख १३ हजार ३ सय ८५ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ३३ लाख ८४ हजार २ सय ६९ जना रहेका छन् ।

Top