नेपालमा थप १०२ जनाले जिते कोरोना, संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो

काठमाडौं । नेपालमा थप १०२ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संकमण जित्नेको संख्या ४ सय ६७ पुगेको छ । धरानबाट आज १२ जना डिस्चार्ज भएका छन् । उनीहरु सबैजना झापाका रहेका र कोरोना संक्रमण देखिएको १० दिनमा कोरोना संक्रमण जितेर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार कैलाली अस्पताल बाराबाट ३४ जना डिस्चार्ज भएका छन् । उनीहरु कोरोना संक्रमण देखिएको ९ देखि ११ दिनमा डिस्चार्ज भएका हुन् ।

त्यस्तै, बलम्बु अस्पतालबाट महोत्तरीका १ जना डिस्चार्ज भएका छन् । उनी कोरोना संक्रमण देखिएको ९ दिनमा डिस्चार्ज भएका हुन् ।
यसैगरी बुटुवलबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरु रुपन्देही र कपिलवस्तुका रहेका छन् । उनीहरुकोरोना संक्रमण् देखिएको १३ औं देखि २७ दिनमा डिस्चार्ज भएका हुन् ।

साथै, दाङमा १० जनाले कोरोना संक्रमण जितेका छन् । उनीहरु कोरोना संक्रमण भएको १५ देखि २३ दिनमा कोरोना संक्रमण जितेर घर फर्केका छन् । १० जना डिस्चार्ज भएका मध्ये उनीहरु दाङ बाँके र कपिलवस्तुका रहेका छन् ।

त्यस्तै, गौरमा थप १८ जनाले कोरोना संक्रमण जितेका छन् । उनीहरु संक्मण देखिएको २० औं दिनमा संक्रमण जितेर घर फर्केका हुन् । उनीहरु २० नै जना रौतहटका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।

प्रादेशीक विवरण
प्रदेश नं १ : ९१ जना
प्रदेश नं २ : १८६ जना
वाग्मती प्रदेश : ३२ जना
गण्डकी प्रदेश : ३ जना
प्रदेश नं ५ : १३३ जना
कर्णाली प्रदेश : ९जना
सुदूरपश्चिम प्रदेश : १३जना
नेपालमा एकैपटक २१३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो

नेपालमा आज (आईतवार) एकैपटक थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज एकैपटक २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १३ जनाले ज्यान गुमाएका छन् भने ४६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

नेपालमा हिजो (शनिवार) एकैपटक ३२३ जना संक्रमित थपिएका थिए ।

Top