मलेसियामा १० जुनदेखि अधिकांश आर्थिक गतिविधि पुन: सञ्‍चालन गरिने

वालालम्पुर । मलेसियाले १० जुनदेखि अधिकांश आर्थिक गतिविधि पुन: सञ्‍चालन गर्ने जनाएको छ । करिब तीन महिनापछि नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएका प्रतिबन्धहरु हटाउँदै १० जुनदेखि अन्तरराज्य यातायात सेवा पनि सञ्‍चालन गरिने जनाइएको छ ।

प्रधानमन्त्री मुयिद्दिन यासिनले टेलिभिजन सम्बोधन गर्दै नोभेल कोरोना भाइरस ‘सफतापूर्वक नियन्त्रण’मा लिएको बताउँदै ३१ अगस्तदेखि मलेसियामा नयाँ चरणमा प्रवेश गरेको बताए ।
“भाइरस नियन्त्रणका लागि सरकारले सधैं तपाईंको जीवन नियन्त्रणमा राख्‍न नसक्‍नेप्रति सचेत छु,” उनले थपे ।
मलेसियामा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार ३२२ पुगेको छ भने ११७ जनाको मृत्यु भएको छ ।
मलेसियामा हालसम्म ६ हजार ६७४ संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् ।

Top