भारतमा आजबाट सपिङ मल, रेष्टुरेन्ट र पसलहरु संचालनमा

विभिन्न देशहरुले लकडाउनलाई खुकुलो बनाएपछि भारतले आज जुन ८ बाट लकडाउन खुकुलो बनाएको छ । यसअघि नै भारतले आन्तरिक हवाई उड्यन र श्रमिकलाई रेल सेवा खोलीसकेको छ । नयाँदिल्लीमा १५ दिन अघिबार्टै लकडाउन खुकुलो बनाइएको छ । जुन ८ बाट भारतको केन्द्रीय सरकारले धार्मिकस्थल, सपिङ मल, तथा ठूला मलहरु समेत खोल्ने निर्णय गरेको थियो । साथै धार्मिक स्थल, होटल, रेष्टुरेन्ट, हस्पिटालिटी क्षेत्र समेत खुल्न सुरु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारतले हालको लागि विद्यालय र कलेजहरु भने बन्द गर्ने भएको छ ।

Top