असार १७ बाट आन्तरिक उडान गर्ने – प्राधिकरण र एयरलाइन्स कम्पनीको समहति

कोरोना सन्त्रास र लकडाउनका कारण बन्द रहेको एयरलाइन्स उडान असार १७ गतेपछि मात्रै संचालनमा ल्याइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्स कम्पनीका संचालकबीच यस्तो सहमति कायम गरिएको हो । उच्चस्तरीय समितिले यसबारे प्राधिकरणलाई छलफल गर्न भनेको थियो । प्राधिकरणले बुद्ध एयर, श्री एयरलायन्स, यति एयरलायन्स लगायतसँग छलफल गरेर असार १७ पछि आन्तरिक उडान सुरु गर्ने प्रस्ताब निर्णय गरिएको हो । पहिलो चरणको उडान कोरोना संक्रमित कम भएका क्षेत्रमा मात्रै हुने बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्स कम्पनीका संचालकबीच भएको छलफलको विषय उच्चस्तरीय समितिमा पठाइएको छ । उच्च स्तरीय समितिले सिफारिसमा मन्त्रीपरिषद बैठकले आबश्यक निर्णय गरेपछि मात्रै कार्यान्वयन हुने छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्नेबारे सरकारी मन्त्रीहरु सम्मिलित उच्च स्तरीय समिति बनाएको छ ।

Top