एनएमबिमा भाइबर र फेसबुकबाट खाता खोले पहिलो कारोबारमा नगद फिर्ता

काठमाडौं । एनएमबि बैंकले भाइबर र मेसेन्जरमार्फत खोल्न सकिने खातामा पहिलोपटकको मोबाइल बैंकिङ कारोबारमा १० प्रतिशत छुट वा पाँच सय रुपैयाँसम्मको नगद फिर्ता दिने भएको छ ।

बैंकले यसरी खोलिने खातमार्फत् दैनिक उपभोग्यवस्तुको भुक्तानी, टप–अप र स्क्यान टु पे भुक्तानीमा छुट र नगद फिर्ताको व्यवस्था उपलब्ध गराउने योजना प्रस्तुत गरेको हो ।

Top