गरिमा रेमिट र एनआइसी एशिया रेमिट बिच सहकार्य , दुबै बैंकका २६७ वटा शाखाबाट पैसा पाइने

काठमाडौं। गरिमा विकास बैंक र एनआइसी एशिया बैंकबीच गरिमा रेमिट र एनआइसी एशिया रेमिट संचालन गर्दा सहकार्य गर्ने सम्झौता भएको छ।

बिहीबार गरिमा विकास बैंकका नायब महाप्रवन्धक माधवप्रसाद उपाध्याय र एनआइसीका चिफ मार्केटिङ अफिसरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतापछि एनआइसी एशिया बैंकको २१० वटा शाखा कार्यालय र गरिमा विकास बैंकको ५७ वटा शाखा कार्यालयबाट रकम झिक्न र पठाउन पाइने जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ।

Top