सपिङ मल, डिपार्टमेन्टल स्टोर र आन्तरिक उडान बन्द नै रहने

काठमाडौं । सरकारले विभिन्न २१ क्षेत्र खुला गरे पनि खाद्य पदार्थ बिक्री वितरण गर्ने बाहेकका सपिङ मल, डिपार्टमेन्टल स्टोर आदि क्षेत्रमा बन्दाबन्दी कायमै राख्ने निर्णय गरेको छ ।

असार १ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने तयारी गरेको भए पनि अहिलेको अवस्था हेर्दा खोल्न उपयुक्त नहुने निष्कर्ष निकालिएको एक मन्त्रीले जानकारी दिए । बुधबार अबेर रातिको मन्त्रिपरिषद् बैठकले लकडाउन कायम रहने र खुला रहने क्षेत्र छुट्टयाएको हो ।

यी क्षेत्र पूर्णत बन्द रहनेछन्
_ शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालि केन्द्र
_ सपिङ मल, डिपार्टमेन्टल स्टोर
_ सिनेमा हल, पार्टी प्यालेस, डान्सबार र सबै प्रकारका मनोरञ्जनस्थल
_ अनुमति प्राप्त गरेका बाहेकका राष्ट्रिय–अन्तर्राष्ट्रि उडान
_ तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत –भारतबाट आउने नागरिकको हकमा प्रदेश १, २, प्रदेश पाँच र सुदूरपश्चिममा गरी सरकारले
२० नाका खुला राखेको छ )
_ सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन आदि
_ २५ जनाभन्दा बढी भेला हुने बैठक, गोष्ठि, तालिम, सेमिनार आदि
_ सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
_ व्यावसायिक रूपमा सञ्चालिन स्विमिङ पुल जिमखाना, साउना स्टिम, हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटि–पार्लर लगायत क्षेत्र
_ समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति
_ अत्यावश्यक सेवाका बाहेक सबै सवारी साधनको हकमा जोर–विजोर प्रणाली लागु गर्ने

Top