सेयर बजार खोल्न अब नेप्से बाध्य नहुने, खुला गर्नेको सूचीमा परेन

काठमाडौं : सरकारले बैंक, बिमा र सहकारी संस्थाहरु खुला गर्ने घोषणा गरेको छ । तर यससँगै पुँजी बजारका बारेमा भने कुनै पनि शब्द प्रयोग गरेको छैन । यसको अर्थ नेप्से तथा धितोपत्र बोर्ड लक डाउन खुकुलो भए पनि तत्काल सेयर बजार खुला गर्न बाध्य नहुने देखिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको निर्णय सार्वजनिक गर्दै बैंक, बिमा र सहकारी संस्थाहरु मात्र खुला गरिने बताए ।

उनले सेयर बजारको भने नाम लिएनन् । त्यसो त यतिबेला आम लगानीकर्ताहरु पनि बजार खुलाउने पक्षमा छैनन् । उनीहरुले अहिले विभिन्न माग राखेका छन् । बजार खुला गर्नुअघि ती मागहरु पूरा गरिनुपर्ने भनिएको छ । केन्द्रीय बैंकले आगामी मौद्रिक नीतिमार्फत लगानीकर्ताको माग सम्बोधन गर्ने आश्वासन पनि दिएको छ । बैंक तथा वित्तीय संस्थालाई दिइने निर्देशनबाट पुँजी बजारका कतिपय मागहरु सम्बोधन हुन सक्नेछन् ।

Top