विदेशबाट फर्कनेको सीप र अनुभवलाई जोड्ने कार्यक्रम ल्याउँछु : श्रम मन्त्री यादव

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशबाट फर्किएकाक‍ो सीप र अनुभवलाई सदुपयोग गरी रोजगारीमा जोड्ने कार्यक्रम अघि बढाउने बताउनुभएको छ ।

बिहीबार निर्माण व्यवसायी महासंघका अध्यक्ष लगायतका पदाधिकारीसँगको छलफलमा श्रम मन्त्री यादवले विदेशबाट फर्कनेको सीप र अनुभवलाई जोड्दै रोजगारी र स्वरोजगारीमा जोड्ने ठोस कार्यक्रम अघि बढाउने बताउनुभएको हो ।

आन्तरिक रोजगारीका लागि सरकारले अपनाउनुपर्ने नीतिगत र कार्यक्रमगत सुधारलाई अन्तर निकाय समन्वय गरी सम्बोधन गरिने र सीपमूलक तालिम र इन्टर्नसीपका कार्यलाईसमेत प्रभावकारी संयोजन गर्दै जाने मन्त्री यादवले बताउनुभएको छ ।

अब स्वास्थ्य सतर्कताका उपायसहित रोजगारीको न्यूनतम वातावरण बनाउन पहल गरिने प्रतिवद्धता समेत मन्त्री यादवले गर्नुभएको हो ।

नेपाल श्रम शक्ति सर्वेक्षणको पछिल्लो तथ्यांक अनुसार निर्माण क्षेत्रमा झण्डै १० लाख राेजगारी सृजना हुन्थ्याे । तर अहिले कोरोनाको कारण निर्माण क्षेत्रमा काम कम हुँदा यस क्षेत्रमा कार्यरत श्रमिकको रोजगारीमा असर परेको व्यवसायीको भनाइ छ

Top