उद्धारको नाममा सरकारको बम्ह्रलुट भन्दै आलोचना भएपछि सरकारले घटायो हवाई भाडा

काठमाडौं। विदेशमा रहेका नेपाली उद्दारका नाममा महँगो भाडा निर्धारण गरेपछि सरकारको चर्को आलोचना भयो। उद्धारका नाममा सरकारकै बम्ह्रलुट भन्दै आलोचना भएपछि सरकारले भाडादर घटाएको हो।

तर सरकारले भाडा घटाएपनि अझै महँगो छ। विभिन्न देशमा अलपत्र रहेका नेपाली नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्समार्फत ल्याउने निर्णय गर्दै भाडादर निर्धारण गरेको थियो। त्यो भाडादर अत्यन्तै महँगो थियो। एकतर्फी मात्रै यात्रु ल्याउनुपर्ने भएकाले केही महँगो हुने भएपनि सरकारले भने चार गुणासम्म बढी महँगो भाडा निर्धारण गरेको थियो।

आलोचनापछि पर्यटन मन्त्रालयले सात वटा वाहेक अन्य गन्तब्यको भाडा सामान्य घटाएको छ। सरकारले दमामको भाडा ५ सय ९० डलरबाट घटाएर ५ सय ३०, रियादको ६ सय ३० डलरबाट ५ सय ६५, जेद्दाको ७ सय ७० डलरबाट ६ सय ९०, जोर्डनको ८ सय १५ डलरबाट ७ सय ७५, साइप्रसको ८ सय ७५ बाट ८ सय ३०, सुडानको ९ सय ४० डलरबाट ८ सय ९०, फ्रयाङफर्ट १२ सय ५५ डलरबाट ११ सय ९०, लण्डन १३ सय ४० डलरबाट १२ सय ९०, दुवइ ५ सय डलरबाट ४ सय ५०, आबुधाबी ५ सय डलरबाट ४ सय ५०, शारजाह ५ सय डलरबाट ४ सय ५०, माल्दिभ्स ५ सय ५ डलरबाट ४ सय ८०, ओमान ५ सय १० डलरबाट ४ सय ६०, क्वालालम्पुर ५ सय २० डलरबाट ४ सय ६५, दोहा ५ सय ४५ डलरबाट ४ सय ९०, बहराइन ५ सय ४५ डलरबाट ४ सय ९०, कुवेत ५ सय ७० डलरबाट ५ सय १० डलर कायम गरेको छ।

बैदेशिक रोजगारी र रेमिट्यान्स सम्बन्धी अधिक जानकारी को लागि रेमिट टि.भी SUSCRIBE गर्नुहोस्

Top