नेपालीको स्वदेश फिर्ती : रद्द भयो साउदी र माल्दिभ्सबाट हुने पहिलो उडान

काठमाण्डौ – साउदीबाट नेपाली लिएर आउने पहिलो उडान रद्द भएको छ ।
असार १ गते हिमालय एअरले साउदीको दमामबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको चार्टर्ड उडान रद्द भएको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । पहिलो उडान नै अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको हो ।

उडान स्थगित भएपछि स्वदेश फर्कने प्राथमिकतामा परेकालाई कोरोना परीक्षण पनि नगर्न दूतावासले अनुरोध गरेको छ । उडान किन रद्द भयो भने खुलाइएको छैन ।

यस्तै असार १ गते नै माल्दिभ्सबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि हुने निश्चित भएको उडान पनि रद्द भएको छ ।

Top