यस्तो छ खाडी मुलुक साउदी अरबको पछिल्लो कोरोनाको अपडेट

काठमाडौं । खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण ९ सय ७२ जना मानिसको ज्यान गइसकेको छ । भने १ लाख २७ हजार ५ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्रै साउदी अरबमा ४० जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै ४ हजार २ सय ३३ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा ८४ हजार ७ सय २० जना कोरोना मुक्त भएर घर फर्केका छन् भने १ हजार ८ सय ५५ जनाको अवस्था गम्भिर रहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ४ लाख ३३ हजार ६ सय २ जना मानिसको मृत्यु भइसकेको छ । भने ७९ लाख २९ हजार ६ सय ५९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ४० लाख ७६ हजार २ सय ९७ जना रहेका छन् ।

Top