बहराइन बाट नेपाल पैसा पठाउन अझै सजिलो, GME ले सुरु गर्‍यो Alyousuf Exchange बाट सेवा

बहराईनको ख्याति प्राप्त रेमिटान्स कम्पनी अलयुसुफ एक्सचेन्ज (Alyousuf Exchange) र जि.एम.इ रेमिट प्रा.लि बिच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएकोछ ।

जि.एम.इ रेमिटको माध्यमबाट बहराईनमा रहेको अलयुसुफ एक्सचेन्ज (Alyousuf Exchange) का सम्पूर्ण शाखाहरु र एजेन्टहरुबाट सजिलै सँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ ।

नेपालमा जि.एम.इ. रेमिट सँग आबद्ध ८५०० भन्दा बढी एजेन्टहरुबाट सजिलै सँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ ।

उक्त सम्झौतामा जि.एम.इ. रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक श्री दिवाकर पौडेल र अलयुसुफ एक्सचेन्ज (Alyousuf Exchange) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शायद अहेमेद अलयुसुफले हस्ताक्षर गरेका छन् ।

जि.एम.इ. रेमिट प्रा.लि ले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

Top