नियन्त्रित ढंगले खुल्यो लकडाउन Corona News by Remit Khabar - 15/06/202015/06/20200 नियन्त्रित ढंगले लकडाउन खुलेको छ। सरकारले लकडाउन खुकुलो पारिएको बताएपनि आजबाट सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएको छ। सरकारले निजी सवारी साधन जोर-बिजोर प्रणालीमा सञ्चालनमा ल्याएको छ। त्यस्तै रेष्टुरेण्ट सेवा पनि ‘टेक–अवे’ र होम डेलिभरीका लागि खुलेका छन्। विद्यालय, सिनेमा हल र सार्वाजनिक यातायात खुलेका छैनन्। सरकारी कार्यालयहरु आजबाट खुल्न थालेका छन्। विद्यालयमा सरकारले आजबाट वैकल्पिक सिकाइ सुरु गरेको छ। अब रेडियो, टेलिभिजन र अनलाइनबाट पढाइ हुनेछ।