सबै सवारी पास खारेज गर्ने गृह मन्त्रालयको निर्णय

काठमाडौं : निजी सवारी साधनलाई दिएको सवारी पास गृह मन्त्रालयले खारेज गरेको छ। सोमबार जोर विजोर प्रणालीलाई व्यवस्थित बनाउन गृह मन्त्रालयले पास खारेज गर्ने निर्णय गरेको हो।

मंगलबारदेखि लागू हुने गरी पास खारेज गरेको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए। उनका अनुसार जिल्ला प्रशासनले जारी गरेको पास खारेज गरेको हो। सरकारले कोरोना भाइरस संक्रमण फैलिएपछि अत्यावश्यक सवारीलाई जिल्लाभित्र ओहोरदोहोरका लागि पास उपलब्ध गराएको थियो।

Top