बीमा क्षेत्रबाट सवा ७ अर्ब रुपैयाँको आईपीओ आउने, कुन कम्पनीको कति ?

काठमाडौं – नयाँ १३ बीमा कम्पनीहरुले आगामी दिनमा ७ अर्ब १८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ ल्याउने देखिएको छ । उनीहरु पब्लीक कम्पनीमा दर्ता भएको हुनाले कुल चुुक्तापुँजीको ३० प्रतिशतका दरले प्रतिकित्ता रु. १०० मा ७ करोड १८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने छन् ।
१३ कम्पनी मध्ये १० जीवन र ३ निर्जीवन बीमा कम्पनी रहेका छन् । आईपीओ निकाष्शनका लागि यी कम्पनी मध्ये केहीले आवश्यक प्रक्रिया अगाडि बढाइसकेका छन् भने बाँकी कम्पनी आन्तरीक तयारीमा जुटेका छन् ।

बीमा समितिको प्रावधानअनुसार जीवन बीमा कम्पनीले २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब रुपैयाँको चुक्तापुँजी बनाउनुपर्ने हुन्छ । त्यसमा सर्वसाधारणको पनि हिस्सा हुनुपर्ने भएपछि कम्पनीहरुले ३० प्रतिशतको मात्रामा आईपीओ निकाष्शन गर्न लागेका हुन् । आईपीओ निष्काशन पछि उक्त कम्पनीहरुको तोकिएको चुक्तापुँजी पुग्ने छ ।
जीवन बीमा कम्पनीले न्यूनतम ६० लाख र निर्जीवन बीमा कम्पनीले न्यूनतम ३० लाख कित्ता आईपीओ जारी गर्ने बताइएको छ । हाल अजोड इन्स्योरेन्सले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिइ सकेको छ । उक्त कम्पनीले ३० करोड रुपैयाँको आईपीओ जारी गर्न लागेको हो ।

१३ कम्पनी मध्ये सबैभन्दा बढी सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनीले रू. ७५ लाख कित्ता अर्थात् ७५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने छ । आईपीओ निष्काशनका लागि हालसम्म आइएमई लाइफ इन्स्यारेन्स, युनियन लाइफ, प्रभु लाइफ, रिलायन्स लाइफ, सन नेपाल लाइफ र अजोड इन्स्योरेन्सले रेटिङ पनि गराई सकेक छन् । त्यसमध्ये अधिकांश कम्पनीले भने ग्रेड ४ रेटिङ पाएका छन् ।

कुन कम्पनीको कति कित्ता आईपीओ (प्रतिकित्ता रु. १००)
१. सिटिजन्स लाइफः ७५ लाख कित्ता
२. ज्योति लाइफः ६६ लाख कित्ता
३. युनियन लाइफः ६४ लाख ५० हजार कित्ता
४. रिलायन्स लाइफः ६३ लाख कित्ता
५. आईएमई लाइफः ६० लाख कित्ता
६. महालक्ष्मी लाइफः ६० लाख कित्ता
७. प्रभु लाइफः ६० लाख कित्रा
८. रिलायवल नेपाल लाइफः ६० लाख कित्ता
९. सानिमा लाइफः ६० लाख कित्ता
१०. सन नेपाल लाइफः ६० लाख कित्ता
११. अजोड इन्स्योरेन्सः ३० लाख कित्ता
१२. जनरल इन्स्योरेन्सः ३० लाख कित्ता
१३. सानिमा जनरल इन्स्योरेन्सः ३० लाख कित्ता

Top