‘काेराेनाकाे कारण रेमिट्यान्समा कमी’

काठमाण्डाै – कोरोना भाइरसकाे महामारीकाे कारण रेमिट्यान्समा कमी आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गएको आर्थिक वर्षको पहिलो १० महिनाको तुलनामा यो वर्षको पहिलो १० महिनाको तुलनामा रेमिट्यान्समा ६ दशलमव १ प्रतिशतले कमी आएको छ ।

वैशाखसम्म ६ खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गएको वर्षको यही अवधिमा १९ प्रतिशतले बढेको रेमिट्यान्स यो वर्ष ६ प्रतिशत घटेको हो ।

काेराेना महामारीकाे कारण विश्वभरिकाे अर्थतन्त्रमा सङ्कुचन आएकाे छ । विश्वले नै ठूलाे आर्थिक हानी ब्यहाेर्नुपर्ने विभिन्न प्रक्षेपण र अध्ययनले देखाइसकेकाे छ ।

Top