साउदीको जेद्दा क्षेत्रबाट पहिलो चरणमा २७० नेपाली घर फर्कने (सूचीसहित)

काठमाण्डौ – साउदीको जेद्दा क्षेत्रबाट पहिलो चरणमा २७० जना स्वदेश फर्कने भएका छन् । जेद्दामा रहेको महावाणिज्य दूतावासले पहिलो चरणमा स्वदेश फर्कने प्राथमिकतामा परेका नेपालीको सूची सार्वजनिक गरेको हो ।

जेद्दाबाट कहिले उडान हुने भन्नेबारे पछि जानकारी गराइने महावाणिज्य दूतावासले जनाएको छ । स्वदेश फर्कने नेपालीको साथमा सात दिनभित्रको कोरोना जाँचको पीसीआर अथवा आरटीडीको रिपोर्ट हुनुपर्ने व्यवस्था छ । जेद्दा क्षेत्रबाट स्वदेश फर्कने नेपालीले कोरोना जाँच कहाँ गर्ने भन्नेबारे अहिले जानकारी दिइएको छैन ।

स्वदेश फर्कने नेपालीको सूची


Top