रेमिट्यान्स घट्ने क्रम बढ्यो, यस्तो छ चालु आ.ब १० महिनाको अबस्था

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक विवरण अनुसार रेमिट्यान्स घट्दो अबस्थामा देखिएको छ । जसअुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा ६.१ प्रतिशतले कमी आई रु.६८० अर्ब ८४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो । ज्ञछ। समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ६.५ प्रतिशतले कमी आई रु.७७२ अर्ब ५१ करोड कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो ।

Top