लकडाउनपछि ११ हजार जनाले नेपाल छाडे, नौ सय ६८ जना भित्रिए

काठमाण्डाै – लकडाउनयता जेठ मसान्तसम्म हवाई मार्गमार्फत झण्डै ११ हजार जना यात्रु नेपालबाट विदेश गएका छन् । विसं २०७६ सालको चैत १४ गतेदेखि २०७७ सालको जेठ ३२ गतेसम्म नेपालबाट झण्डै ११ हजार जना यात्रु विदेश गएका हुन् ।

अध्यागमन विभागका अनुसार जेठ ३२ गतेसम्म १० हजार नाै सय २४ जनाले नेपाल छाडेका छन् । उनीहरुमध्ये चार हजार तीन सय ९० जना नेपाली छन् । यस्तै नौ सय चार जना अमेरिकी, सात सय एक जना जर्मन र पाँच सय ७७ जना फ्रान्सेलीले नेपाल छाडेका छन् ।

यस्तै चैत ११ देखि जेठ ३२ गतेसम्म हवाई मार्गमार्फत नौ सय ५४ जना नेपाली र १४ जना विदेशीसहित नौ सय ६८ जना नेपाल भित्रिएका छन् ।

Top