कर्मचारी घटाएर खर्च कटौती गर्न विद्युत प्राधिकरणलाई आयोगको निर्देशन

नेपाल विद्युत प्राधिकरणलाई कर्मचारी घटाएर खर्च कटौती गर्न विद्युत नियमन आयोगले निर्देशन दिएको छ । आयोगले विद्युतको नयाँ महसुलदर निर्धारण गरी लागु गर्ने क्रममा प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो ।

आयोगले भनेको छ, ‘अन्र्तराष्ट्रिय वित्तरण संस्थाहरुले सूचना प्रविधिको अधिकतम प्रयोग गरेर खर्चमा मितव्ययिता ल्याइरहेको बेला प्राधिकरणले पनि कर्मचारी खर्च कटौती र वित्तरण प्रणाली अटोमेसन कार्यलाई बढावा दिनुपर्नेछ ।’

वित्तरण प्रणालीलाई अटोमेसनमा लैजादा अहिले भइरहेको खर्चमा कमी आउने आयोगको भनाइ छ । उसो त विद्युत प्राधिकरणले पनि सूचना प्रविधि प्रयोगबाट कर्मचारी घटाउन सकिने भन्दै आइरहेको छ । आयोगले प्राधिकरणलाई विभिन्न १४ वटा निर्देशन दिएको छ ।

Top