अर्थमन्त्री झुके नीजि क्षेत्रप्रति ! बैंक र व्यबसायीले कर तिर्न थाले

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले नीजि क्षेत्रको महत्व बल्ल बुझेका छन् । अर्थमन्त्री भएयता नै नीजि क्षेत्रका अधिकार कटौती गर्ने, पैसा कमाएकालाई देखि नसहने किसिमको व्यबहार देखाउँदै आएका अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्र र नीजि क्षेत्रका उद्यमीले सरकारलाई अफ्ठेरो परेको बेला साथ दिने भन्दै धमाधम कर बुझाउन थालेपछि बल्ल नीजि क्षेत्रलाई साथ लिएर जाने बताएका छन् । उनले विगतमा सरकारी रवाफमा रहेर कसैको सुझाव समेत चाहिँदैन भन्ने किसिमको व्यबहार गर्दै आएका थिए । नीजि क्षेत्रका व्यबसायीहरुले सकेसम्म सरकारलाई सहयोग गर्ने भन्दै धमाधम कर बुझाउन थालेका छन् । बैंकहरुले पनि असार ७ भित्रै कर बुझाउने भएका छन् । सुझाव बोकेर अर्थमन्त्रालय पुगेका नीजि क्षेत्रलाई भेट्न समेत नचाहाने उनले पहिलोपटक संसदमा शुक्रबार नीजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने उद्घोष गरे । अर्थमन्त्री खतिवडा पछिल्लो समय असफल अर्थमन्त्रीको सूचिमा सुचिकृत छन् । उनका नीति तथा कार्यक्रमहरु र व्यबहारबाट अधिकाँस अर्थतन्त्र बुझेकादेखि सामान्य नागरिकसम्म सन्तोष छैनन् ।

अर्थमन्त्री डा.युवराज खतिवडाले नीजि क्षेत्रसँग सहकार्य गरिने बताएका छन् । उनले कोरोनाका कारण अर्थतन्त्रलाई तिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रियसभामा बोल्दै उनले भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणको अनुभवका आधारमा अगाडि बढ्न सकिने बताउँदै हाल मानवीय स्वास्थ्य समस्याबीच पनि अर्थतन्त्रका केही सबल पक्ष कायमै रहेको बताए । आगामी आर्थिक वर्षको राजस्वको शीर्षकगत बाँडफाँट अन्तर्गत राजस्व, भन्सार, अन्तःशुल्क, अन्य कर र गैरकरका प्रक्षेपणको विवरण पनि उनले अवगत गराए । सरकारले आगामी आवका लागि १० खर्ब ११ अर्बको राजस्व लक्ष्यसहित त्यसको २९।९५ मूल्य अभिवृद्धि करबाट असूल गरिने विधेयकमा प्रस्ताव गरेको छ ।

“श्रम बजारमा टुटेको हाम्रो सम्बन्धलाई पुनः संयोजन र आपूर्ति शृङ्खलालाई सहज गरिनेछ । अहिले पनि आयातमा क्रमिक सुधार हुँदैछ । हामी निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिन ऋण र कर छुटका व्यवस्थाहरु लागू गर्दैछौं । आत्मनिर्भर अर्थतन्त्रमा जाने हाम्रो लक्ष्यमा सबैको साथ र सहयोग आवश्यक छ ।” मन्त्री डा. खतिवडाले कोरोना संकट कति लामो समयसम्म रहन्छ र सरकारका लक्ष्य कति सरल वा छिटो ढंगले जान्छ भन्नेमा नै अर्थतन्त्रको विकास भर पर्ने बताए ।

Top