लक्ष्मी बैंकले दोहा बैंकबाट डेढ अर्ब ऋण लियो

काठमाडौं । लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट ३ वर्षका लागि २० मिलियन अमेरिकी डलर अर्थात् करिब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक मुद्रामा ऋण प्राप्त गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्री हेड सुरज विक्रम शाहीको उपस्थितिमा त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् सो ऋण रकम प्राप्त भएको बैंकले जनाएको छ । सो रकम प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न बैंकलाई थप स्रोत प्राप्त भएको जनाएको छ ।

Top