कोरोनाबाट बच्न सामाजिक दूरी घटाउने उपायको विकल्प ल्याउँदै बेलायत

काठमाडौं । बेलायतले कोरोना संक्रमणबाट बच्न लागु गरिएको सामाजिक दूरीका विकल्पमा केही प्रस्ताव ल्याउने तयारी गरिरहेको छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले सामाजिक दूरीको नियम दुई मिटर घटाउने प्रस्ताव यो हप्ता सरकारले ल्याउन सक्ने बताएका बीबीसीले जनाएको छ ।

बीबीसीको एक कार्यक्रममा उनले एन्ड्रयू मारसँग दुई जना मानिसबीच प्लाष्टिकको पर्दा राख्ने जस्ता प्रस्ताव ल्याउन सकिने बताएका छन् ।

यो भन्दा पहिला बेलायतको एक शीर्ष वैज्ञानिक तथा लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका प्रो. पिटर पाएटले संक्रमणका लागि अपनाइएको क्वारेन्टिनको नियमलाई ‘बिलकुल बेकार’ भनेर टिप्पणी गरेका थिए ।

उनले सामाजिक दूरीका लागि दुई मिटरको दूरी र सार्वजनिक स्थानमा मास्क लगाउनु राम्रो भएको बताएका छन् ।

Top